नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

काठमाडौं। नेपाल र भारतविरुद्ध खेल्न हम्जा चौधरी स्वदेश फर्किएका छन्। सोमबार साँझ लेस्टर सिटीका स्टार खेलाडी ढाकामा अवतरण गरेका हुन्।
आगामी नोभेम्बर १८ ढाका राष्ट्रिय रंगशालामा एएफसी एसियन कप छनोटको दोस्रो लेगको खेलमा बंगलादेशले भारतसँग सामना गर्नेछ। त्यसअघि यही बिहीबार (१३ नोभेम्बर) हाभिएर काब्रेराको टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
राष्ट्रिय रंगशालामा हाल एसियन आर्चरी च्याम्पियनसिप चलिरहेका कारण राष्ट्रिय टोलीको अभ्यास बसुन्धरा किंग्स एरेनामा भइरहेको छ।
हम्जा टोलीसँग त्यहाँ अभ्यासमा सहभागी हुनेछन्। राष्ट्रिय टोलीका टिम म्यानेजर आमेर खानका अनुसार अर्को स्टार खेलाडी शोमित सोम मंगलबार ढाकामा पुग्नेछन्। यद्यपि, नेपालविरुद्धको खेलमा हम्जा र समित खेल्ने कि नखेल्ने भन्ने निर्णय मुख्य प्रशिक्षकले लिनेछन्।
यसअघि सेप्टेम्बर ६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा यी दुई खेलाडी टोलीमा थिएनन्। गत अक्टोबर १४ मा हङकङविरुद्ध १–१ गोलको बराबरी खेलपछि एसियन कप छनोटमा बंगलादेशको आशा समाप्त भएको थियो। अहिलेसम्म चार खेलमा दुई बराबरी र दुई हार खेलेको बंगलादेश अब भारतविरुद्ध पाँचौं छनोट खेल खेल्नेछ।








-1762763443397.jpg&w=3840&q=75)



