१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत
-1762856022963.jpg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्लब र खेलाडीसँगको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले क्लब र नेपाल खेलाडी संघसँग उक्त प्रतिबद्धता जनाएका हुन्।
मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएको कारण मिति दिनुपर्ने जिकिर गरेका थिए। उनले भनेका थिए,‘अहिले एन्फाले यो मितिमा ए डिभिजन लिगको गराउन सक्छौं भन्दिनुस्। म त्यही मितिमा लिग गर्न क्बलसँग प्रस्ताव गर्छु। यसका लागि छुट्टै क्लबसँग भोलि बैठक पनि बस्छु।’
मन्त्रीको यो रिसाएपछि अध्यक्ष नेम्वाङ र महासचिव राईले ‘होमवोर्क’ गर्नुपर्ने बताएका थिए। तर, मन्त्रीले अझै झर्किएपछि नेम्वाङ र राईले माघमा लिग गराउन सकिने बताएका थिए।
‘क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ए डिभिजन गराउँछौं,’ राईले भने। एन्फालाई मिति तोक्दैमा समस्या नहुने उनले बताए। यस अवस्थामा विदेशी खेलाडी ल्याउन गाह्रो हुने राईले जिकिर गरे। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठले भने कम्तीमा ३ महिनाको समय मागे।
‘होम एन्ड अवेमा जाने हो भने हामीलाई २ देखि ३ महिना समय दिनुपर्छ,’ उनले भने। पछि नेम्वाङ र राईले १२० दिन नकट्नेगरी लिग गराउन सकिने जानकारी दिएका हुन्।












