दुई छाक टार्न आइपुगेको छु

के भन्नु दुर्भाग्य! मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ।
अज्ञात भविष्यको आशा बोकेर सडकमा उत्रिएका युवाहरू बलिदान भएर सहिद बन्न पुगेका छन्। म चाहेर पनि आफ्नो नेपाल आमालाई रोइरिरहेको देख्न सकिनँ, तर बाध्यताले चुपचाप बस्नुपर्यो। आखिर कसको श्राप लाग्यो मेरो नेपाल आमालाई? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ।
म यो देशको राष्ट्रिय फुटबल खेलाडी हुँ। तर, देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश छिमेकी मुलुक बंगलादेशमा लिग खेल्न आउनुपरेको छ। दुई छाक टार्न र बाबा–आमाको सपना पूरा गर्न अरूको देशमा आइपुगेको छु। अहिले सम्पूर्ण खेलाडीहरू बेरोजगार अवस्थामै छन्।
मेरो बिन्ती छ—एन्फाले अब फुटबलको लिग पुनः सञ्चालन गर्ने वातावरण चाँडोभन्दा चाँडो बनाओस्।
म अवश्य फर्केर देशका लागि केही गर्नेछु। अन्त्यमा, आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, भूतन्देवी माताले शोकसन्तप्त परिवारजनलाई धैर्य र शक्ति प्रदान गरून्।