टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने
बुधबार, १६ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर टिकेन्द्र थापाले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीबाट खेल्ने भएका छन्।
३१ वर्षीय थापाले संकटा एफसीबाट घरेलु लिग खेलिरहेका थिए। तर, राष्ट्रिय लिग समाप्त नहुँदै रोकिएपछि उनी मोफसलका प्रतियोगितामा व्यस्त थिए।
तर, केही मोफसलका प्रतियोगिता सकिएसँगै उनी भुटानी क्लबमा आबद्द भएका हुन्। उनले संकटाबाहेक चर्च बोइज युनाइटेड, जावलाखेल युथ क्लब, धनगढी एफसी, वीरगञ्ज युनाइटेड र बुटवल लुम्बिनी एफसीबाट खेलिसकेका छन्।









%20(1)-1777447778534.jpeg&w=3840&q=75)


