जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य
बुधबार, १६ बैशाख २०८३खेलपाटी संवाददाता
%20(1)-1777447778534.jpeg&w=3840&q=75)
काठमाडौं। कप्तान जितेन्द्र सिंहको सानादार शतकसँगै ओमनले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनाएको हो। यो कीर्तिपुरमा बनेको तेस्रो सर्वाधिक रन हो। यसअघि २०२३ मा युएईले नेपालविरु ३१० रन बनाएको थियो।
सोही बेला नेपालले ओमानविरुद्ध ३१० रन बनाएको थियो।















