काठमाडौं । अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।
लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले ग्रिनरलाई जेल सजाय तोकेको हो ।
गत फेब्रुअरीमा ३१ वर्षिया ग्रिनर मस्को एयरपोर्टमा पक्राउ परेकी थिइन् ।
ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो ।
ग्रिनरले उक्त तेल चोटपटकको लागि प्रयोग गर्न डाक्टरबाट स्वीकृति पाएका र अनायासै आफुले सुटकेसमा प्याक गरेको बताएकी थिइन् ।
ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस आएकी थिइन् ।
अदालतको फैसलाविरुद्ध ग्रिनरले पुनरावेदनका लागि अपील गर्ने छिन् ।