काठमाडौं । नेपालकी बिमला श्रेष्ठ भारतमा जारी आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपबाट बाहिरिएकी छिन् ।
नयाँ दिल्लीमा शनिबार भएको खेलमा बिमला उत्तर कोरियाको खेलाडीसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
महिल ५१ केजी तौल समूहमा बिमला कोरियाकी पाङ चोल मिसंग ५ - ० ले पराजित भएकी हुन् ।
यसअघि महिला ६० केजी तौल समूहमा नेपालकी पुनम रावल मंगोलियाकी मनखोर नामुनसंग ५-० ले पराजित भएकी थिइन् ।
बिमला बाहिरिएसंगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।
च्याम्पियनसिपका लागि पुनम र विमला खुल्ला छनोटबाट छानिएकी हुन् । नेपाल बक्सिङ संघले गत असोज १४ देखि १६ सम्म सातदोबाटोमा आयोजना गरेको छनोटबाट दुवै खेलाडी छनोट भएकी थिईन् ।