काठमाडौं । आयोजक हेराल्ड इन्टरनेसनल कलेज तेश्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धारास्थित घरेलु कोर्टमा हेराल्डले लक्ष्मीपुरलाई १४–१० तथा भ्याली पब्लिकलाई १६–१० ले पराजित गर्यो । सोही स्पर्धामा भ्याली पब्लिक ‘ए’, गिनल्यान्ड ‘ए’, एचएचसी ‘ए’, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), युनिक, ओडिसी इन्टरनेसनल एकेडेमी र सेब पनि क्वाटरफाइनलमा पुगे ।
गल्र्समा बलर्स एकेडेमी, भ्याली पब्लिक, ग्रिनल्यान्ड ‘बी’ र ग्रान्डी स्पोर्ट्स सेन्टरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । बाँकीको टुंगो लाग्न बाँकी छ ।
प्रतियोगिताको हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्यायले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा २० गरी १ सय ४ टिम सहभागी छन् । दुवै समूहमा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।