काठमाडौं । नेपालकी पुनम रावल भारतमा जारी आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपबाट बाहिरिएकी छिन् ।
नयाँ दिल्लीमा शुक्रबार भएको खेलमा पुनम मंगोलियाकी खेलाडीसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
महिला ६० केजी तौल समूहमा बाई पाएर दोस्रो चरणमा पुगेकी पुनम मंगोलियाकी मनखोर नामुनसंग ५-० ले पराजित भईन् । उत्कृष्ट प्रदर्शन गर्दै तीन राउण्ड टिकेपनि पुनम मंगोलियाका खेलाडीसंग पराजित हुन पुगिन् ।
दुई खेलाडीले सहभागिता जनाएको च्याम्पियनसिपमा अब नेपालकी बिमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछिन् । विमलाले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनको खेल शनिबार हुनेछ ।
पुनम र विमला खुल्ला छनोटबाट छानिएकी हुन् । नेपाल बक्सिङ संघले गत असोज १४ देखि १६ सम्म सातदोबाटोमा आयोजना गरेको छनोटबाट दुवै खेलाडी छनोट भएकी थिईन् ।