काठमाडौं । आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइइ कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्यो । स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो ।
त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे ।
बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआईएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् ।
फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोश्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।