काठमाडौं । इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्समा च्याम्पियन बनेका हुन् ।
शनिबार धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले पराजित गर्यो ।
गल्सको उपाधि भिडन्तमा ग्रान्डी स्पोर्ट्स सेन्टरले बलर्स एकेडेमीलाई ५–४ ले हरायो ।
ब्वाइजमा इन्साइट भिजनका उर्गेन लामा र गल्समा बलर्स एकेडेमीकी मनीषा शाही मोस्ट भेलुएबल प्लेयर घोषित भए ।
विजेतालाई एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
लिग कम नकआउट आधारमा भएको तीन दिने प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्समा १६ टिम सहभागी थिए ।