ओमेगा सेमिफाइनलमा
बिहिबार, असार २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आयोजक ओमेगा इन्टरनेसनल स्कुल तेश्रो ओमेगा एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमेगाको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेको हो ।
ब्वाइजमै कीर्तिपुर र नखिपोट पनि सेमिफाइनलमा पुगे । प्रतियोगिताको ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिम सहभागी छन् । गल्र्सको प्रतिस्पर्धा शुक्रबार मात्र हुनेछ ।
ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । गल्र्सको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
कुमारीपाटीस्थित आयोजककै कोर्टमा भइरहेको दुईदिने प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
ओमेगा सेमिफाइनलमा











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)