काठमाडौं । चार जना खेलकुद पत्रकारले एनओसी अवार्ड प्राप्त गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले बिहीबार चार जनालाई एनओसी अवार्ड प्रदान गरेको हो ।
कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे ।
बीबीसीका खेल पत्रकार निरन्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरे ।
कान्तिपुर टेलिभिजनकी सबिना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरे।
त्यस्तै राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरे ।
अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा एनओसीले अवार्ड प्रदान गरेको हो । अवार्डसँगै उनीहरुले ५० हजार रुपैया प्राप्त गरेका छन् ।