काठमाडौं । नेपालका दुई एमेच्योर गल्फर सुवास तामाङ र सद्भाव आचार्यले भारतको बैंगलोरमा प्रशिक्षण गर्ने भएका छन् ।
नेपालको नम्बर एक एमेच्योर खेलाडी सुवास र सद्भावले तरुन सर्देसाई गल्फ एकेडेमीमा तीन महिना प्रशिक्षण लिने छन् ।
सुवास र सद्भावलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाला घिसिङ र नेपाल गल्फ एसोसियनका पदाधिकारीले बिदाइ गरे ।
१३ औं सागमा दुई स्वर्ण विजेता सुवास राखेप र नेपाल ओलम्पिक कमिटिको सहयोगमा प्रशिक्षण लिन लागेका हुन् ।
सद्भाव भने आफ्नै खर्चमा भारत जान लागेका हुन् ।
भारतको प्रशिक्षणपछि दुबैले थाइल्याण्डमा आगामी अक्टोबरमा आयोजना हुने एसिया पासिफिक एमेच्योर च्याम्पियनसिपमा सहभगिता जनाउने छन् ।