काठमाडौं । टुसाल मल्टी भेन्यूको आयोजनमा प्रथम विद्यालय स्तरिय पौडी च्याम्पियनशिप सम्पन्न भएको छ ।
महिला र पुरुष गरि १२ विद्यालयबाट कुल ४९ जनाले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
२५ मिटरको लेनमा आयोजना गरिएको फ्रि स्टाइल पौडी च्याम्पियनशिप माइस इन्टरनेशनल सर्भिसको सहकार्यमा भएको हो ।
टुसाल मल्टि भेन्यूको आफ्नै पौडी पोखरीमा सञ्चलित पौडी प्रतियोगितमा पुरुष जुनियर-सिनियर, महिला जुनियर-सिनियर गरि जम्मा ४ विधामा प्रतियोगिताको आयोजना गरिएको थियो ।
पुरुष जुनियरमा रोजमेरी स्कुलका सुरज थापा मगरले १८ दशमलव ३५ सेकेन्डमा पार गरी बिजेता र युनाइटेड स्कोलर्स एकाडेमीका सुलभ गुरुङ दोस्रो बने ।
पुरुष सिनियरतर्फ युनाइटेड स्कोलर्स एकेडेमीका रोशन तमाङ्ग बिजयी भएका छन् भने रमाइलो पाठशालाका सबिन तामाङ्ग र रियास चौधरीले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरे ।
त्यस्तै महिलातर्फ जुनियरमा मिल्सबेरी स्कुलकी निकोल तुलाधरले ३१ दशमलव ९६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै विजयी बनिन् । अश्लेसा थापाले दोश्रो स्थान हात पारिन् ।
महिला सिनियरतर्फ संस्कृति इन्टरनेशनल स्कुलकी प्रिन्सा कार्की पहिलो हुदाँ काठमाडौं लिंकन स्कुलकी आकृती श्रेष्ठ दोस्रो र यूरेका स्कुलकी सिल्भी डंगोल तेस्रो बनिन् ।
बिधागततर्फ बेस्ट रिदममा सिल्भी डंगोल, बेस्ट स्ट्रोकमा निकोल तुलाधर, बेस्ट ब्रेदिङ्ग एण्ड कोअर्डिनेसनमा किरण एरी चुनिए ।
प्रतियोगितामा बिजेतालाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष बिजय सापकोटा, प्रमख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन, विशेष अतिथि तारकेश्वर नगरपालिका उपमेयर सिर्जना बुर्लाकोटी, अतिथिहरु तारकेश्वर नगरपालिका ८ नम्बर वडाध्यक्ष श्यामकृष्ण सापकोटा र राष्ट्रिय पौडी रेफ्री युवराज सुनुवारको उपस्थिति थियो ।