आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

च्याम्पियन बन्दै शुक्र बने नेपालको नम्बर एक खेलाडी

बिहिबार, १२ जेठ २०७९खेलपाटी संवाददाता
च्याम्पियन बन्दै शुक्र बने नेपालको नम्बर एक खेलाडी
Classic Tech Internet Ad

काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २ सय ६९ को स्कोर निकाल्दै शुक्रले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले पछि पारे ।

शुक्रको यो करियरको सातौ उपाधि हो । उपाधिसँगै दुई लाख पचास हजार पाएका शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन्।

निरज २ ओभर ७४ सहित समग्रमा १३ अन्डर २ सय ७५ सहित दोस्रो भए। समग्रमा १२ अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २ अन्डर ७० स्कोर जोडे । यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कार सहित दोस्रो स्थानमा तल झरे ।  

एमेच्योर वाङ्गचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १० अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३-अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए ।

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबाश तामाङले समग्रमा ७ अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्त रुपमा छैठौं स्थान बाँडे । सुबाशले ५अन्डर ६७ र पुर्णले इभन-पार ७२ मा खेल सकाए । इभन-पार ७२ सहित समग्रमा ५ अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौ स्थानमा प्रतियोगिता सकाए ।

भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३ अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १ ओभर ७३ मा खेल सकाए। एमेच्योर सद्भाव आचार्य समग्रमा २ अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन-पार २ सय ८८ सहित सुर्य प्रसाद शर्मा १२ औ स्थानमा रहे।

सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो।

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन बन्दै शुक्र बने नेपालको नम्बर एक खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

नेपालगन्ज ११ सी छनोटको च्याम्पियन

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग