काठमाडौं । सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिने एमेच्योर खेलाडी वाङचेन ढोन्डुपले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा सोमबार वाङचेनले ७ अन्डर ६५ अंक जोड्दै तीन स्ट्रोक्सको अग्रता बनाएका हुन् ।
भुवन नगरकोटी, रबि खड्का र निरज तामाङले ४ अन्डर ६८ अंक जोडेका छन् ।
शुक्रबहादुर राई, सद्भाव आचार्य र महेन्द्र फगामीले ३ अन्डर ६९ अंक जोडे ।
प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ५५ हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख १० हजार, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार नगद पुरस्कार पाउने छन् ।
शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।