काठमाडौं । सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप सोमबार सुरु हुने जनाएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिनेछ ।
प्रतियोगितामा ४० प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले २ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ५५ हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख १० हजार, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार नगद पुरस्कार पाउने छन् ।
शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।