काठमाडौं । सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार भुवन नगरकोटी र सुवास तामाङले संयुक्त अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा भुवनले आठ अन्डर ६४ अंक जोड्दै कुल १२ अन्डर १३२ अंक बनाए । मंगलबार चार अन्डर ६८ अंक जोडेका सुवासको पनि कुल १२ अन्डर १३२ अंक रहेको छ ।
१५ वर्षीय एमेच्योर खेलाडी सद्भाव आचार्य र रमेश अधिकारी ७ अन्डर १३७ अंकसहित संयुक्त तेस्रो स्थान रहे ।
रबि खड्का र शुक्र राई ६ अन्डर १३८ अंकसहित संयुक्त पाँचौमा रहेका छन् ।
नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहेको छ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।