काठमाडौं । सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सुवास तामाङले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा सोमबार शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पार्दै सुवासले अग्रता बनाएका हुन् ।
१३ औं सागका दुई स्वर्ण विजेता एमेच्योर खेलाडी सुवासले बोगी फ्री आठ अन्डर ६४ अंक जोडे । शुक्रले सात अन्डर ६५ अंक जोडे ।
एमेच्योर खेलाडी टासी छिरिङ र प्रो रबि खड्का पाँच अन्डर ६७ अंक सहित संयुक्त तेस्रो स्थानमा रहे ।
नेपालका नम्बर एक भुवन नगरकोटी, दिनेश प्रजापति र सद्भाव आचार्य संयुक्त पाँचौं बने ।
नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहेको छ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।