आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्मुताइरीको हिटलर अवतार 

शुक्रबार, १६ बैशाख २०७९नमीन ढकाल
अल्मुताइरीको हिटलर अवतार 
Loading ad...
mustang rice ad

जब ज्वालामुखी भित्रका लाभाले विद्रोह गर्छन् तब विष्फोट भएर विनाश निम्त्याउँछ । त्यसको उदाहरण पछिल्लो समय नेपाली फुटबल खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्टन्टविरुद्ध गरेको विद्रोह पनि एक हो । 

त्यसो त विद्रोहबाट सकारात्मक र नकारात्मक दुवै सन्देश प्रवाह हुन्छ । त्यसपछि निस्कने अवसर र चुनौतीको सामनाका लागि प्रशिक्षक अल्मुताइरी, एन्फा नेतृत्व र खेलाडी तयार हुनुपर्छ । 

नेपालको परिवेशमा फुटबलरलाई दिइने सुविधा निक्कै निम्न स्तरको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा आवद्ध देश भुटान र प्रतिबन्धको सिकार भोगिरहेको पाकिस्तानले एएफसी र फिफाको प्रतियोगितामा प्रति खेलाडी एक सय डलर भत्ता दिँदै गर्दा नेपालका खेलाडीले ३५ डलरमा चित्त बुझाउनुपर्छ । विद्रोहको कारण होटलमा बस्न पाउनुपर्ने माग देखिन्छ । त्यसभित्रका अनेक पाटो पनि छदैछन् । 

एएफसी कप २०२३ को छनौट तयारीमा रहेको खेलाडी होस्टलको सुविधा राम्रो नभएपछि होटलमा राख्नुपर्ने माग थियो । होस्टलको सुविधा सुधार गर्ने भए बस्न खेलाडी एकमत थिए । प्रशिक्षणमा रहेका खेलाडीको नेतृत्व उपकप्तान रोहित चन्दले लिएका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितीमा उप कप्तानको रुपमा रोहितले खेलाडीको नेतृत्व गरेका थिए । रोहितले नेतृत्व गरेको आन्दोलनलाई सुरुवातमा साथ दिने केही खेलाडी उनको साथ छाडेर होस्टलमै छन् । रोहित एन्ड टिमको होटलमा बस्नुपर्ने मागलाई लिएर प्रशिक्षक अल्मुताइरीले रोहितलाई घर फर्काइदिए । त्यसो त रोहित आफै चोटबाट गुज्रिरहेका छन् । 

अल्मुताइरीको प्रवेशसंगै एकपछि अर्को विवादको श्रृङखलाबाट नेपाली फुटबल गुज्रिरहेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको काधमा चढेर नेपाली फुटबलमा नैतिक दोहन गरेको आरोप बारम्बार उनीमाथि लाग्दै आएको छ । फुटबल प्रशंसकको सेन्टिमेन्टलाई लिएर अनावश्यक बखेडा निकाल्न उनी माहिर मानिन्छन् । 

अल्मुताइरीको प्रवेशले नेपाली फुटबलमा केही सकारात्मक परिर्वतन देखिए । युवा खेलाडीलाई अवसर र डिफेन्सिभ नेपाली फुटबलको खेल्ने शैली एट्याक्ङिमा प्रवेश गर्यो । त्यसले नेपाली फुटबलको नतिजालाई सुधार गरेपनि फिफा वरियतालाई भने खासै सुधार गरेको पाइदैन । 

अल्मुताइरीको स्टन्टले एन्फाका पुर्व अध्यक्ष गणेश थापाको झ–झल्को दिन्छ । दुई दशक नेपाली फुटबलमा एकात्मक शासन गरेका थापा अन्तत प्रतिबन्धमा परे । काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बलमा एन्फा अध्यक्ष भएका थापाले २०५२–२०७२ सम्म हरेक निर्वाचनमा आफैलाई अध्यक्ष बनाइरहन सफल भए । 

अल्मुताइरी समेत थापाराजको पथमा अग्रसर छन् । गणेश थापाले नेतृत्वको टिममा रहेका कर्माछिरिङ सहितका पदाधिकारीको विद्रोहले नेपाली फुटबलमा दुई दशकको थापा शासन समाप्त बन्यो । थापाको एकतन्त्रीय शासन लागु गरेपनि खेलाडीहरु उनको विरुद्धमा देखिएनन् । थापाकालमै नेपाली टोलीबाट खेलेका पुर्व राष्ट्रिय खेलाडी सेवा सुविधाको बारेमा सन्तुष्टनै रहेको प्रतिक्रिया दिन्छन् । तर कर्माछिरिङको पहलमा नेपाली फुटबलमा भित्रिएका अल्मुताइरीका कारण सेवा सुविधाको बहस एन्फा नेतृत्व चयनको मुखमा ‘हटकेक’ बन्दैछ । 

थापाकालमै उनको टिममा रहेको एक जना विश्वासपात्रले एक बर्ष अघिको भेटमा गणेश थापालाई यसरी सम्झिए ‘गणेश थापा बोल्न थालेपछि सवैले उहाँको कुरामा समर्थन जनाउनुप¥थ्यो । उहाँको एजेन्डा नै अन्तिम हुन्थ्यो । पुर्व राष्ट्रिय कप्तान भएको हिसाबले विपक्षी टोलीविरुद्ध खेल्ने सेट आफै तयार गर्नुहुन्थ्यो । नतिजा पनि सन्तोषजनक नै हुन्थ्यो । तर उहाँको एकतन्त्रीय शासनबाट आजित भएर हामीले विद्रोह गरेका थियौ ।’ 

अहिले थापाविरुद्ध विद्रोह गरेर कर्माछिरिङलाई सघाएका ती पात्र उनको पक्षमा छैनन् । कर्माकै पक्षमा रहेर ‘चेन्ज एन्फा’ चलाएका धेरैले उनको साथ छाडे । 

त्यसमध्येका एउटा कारक अल्मुताइरी समेत हुन् । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङविरुद्ध लगाएको आरोपलाई अल्मुताइरीले पुष्टि गराउन सकेनन् । अन्तत असहयोग भएको घुर्की लगाइरहे । समर्थकको सेन्टिमेन्ट माथि खेल्दै आएका उनलाई मनाएर ल्याउन कर्माछिरिङलाई कर नै लाग्यो । गत बैशाख ३ गते शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा उनी बढि हाबी भए । पत्रकार सम्मेलन अघिनै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न उर्दी जारी गरेका थिए । 

पत्रकारिताको मर्यादामा रहेर सार्वजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । तर, पत्रकार सम्मेलन सुरु हुन अघिनै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने सान्दर्भिक देखिदैन । पत्रकारको प्रश्न अघिनै खेलाडीलाई बाहिर पठाउनुले उनी नेपाली फुटबल कसरी हाबी भइरहेका छन् भन्ने प्रष्ट हुन्छ । समर्थकको भावनालाई हतियार बनाएर कर्माछिरिङको काध चढेका उनको सिकार खेलाडी बने ।

सधै एन्फाको व्यवहारमा मुकदर्शक बनेका खेलाडीहरुले यस बर्ष धैर्यताको बाधलाई तोडेर विद्रोहमा उत्रिए । क्याम्पमा रहेको राष्ट्रिय टोलीका खेलाडीको विद्रोहले नेपाली फुटबलको बहसमा नयाँ शिराको विकास गरेको छ । अभावका बिच खेलिरहेको खेलाडी अनावश्यक दबाबलाई लुकाएर राख्न नसक्नु शसक्त विद्रोह हो । त्यसो त खेलाडीहरुले माग गरेको होटलको सुविधा अपेक्षा अनुरुपकै हुन्छ भन्ने चाहि छैन । 

खेलाडीलाई होटलमा दिइएको सुविधालाई उल्लेख गर्दा नेपाली फुटबलको वास्तविक अनुहार देखिन्छ । नायज्दा कपको लागि क्लोज क्याम्पमा रहेको राष्ट्रिय महिला राष्ट्रिय टोलीका खेलाडीलाई ज्ञानेश्वरमा राखिएको होटलमा दिइएको खाना तल्लो स्तरको थियो ।

काँचो साग र विहान बेलुका दिइने झोलमा डुवाइएको अन्डासंग निक्कै सकसपुर्ण रुपमा खेलाडीले भोजन गरेको देख्दा नेपाली फुटबलमा दिइने सुविधाको बारेमा सहजै अनुमान गर्न सकिन्छ । नाज्यदा कपको लागि किर्गिस्तान उड्नु अघिल्लो रात केही खेलाडीले होटल बाहिरै खाना खाएर आएका थिए । 

एन्फा र प्रशिक्षक अल्मुताइरीको आलोचना गर्दैै गर्दा खेलाडीहरु शतप्रतिशत सहि छन् भनेर भन्ने अवस्था पनि छैन । राष्ट्रिय टोलीको करियरको अन्त्य तिर रहेका रोहित लगायतका केही खेलाडी आफै शारिरिक रुपमा इन्जुरीसंग जुधिरहेका छन् । देशका धेरै जसो टोलेकपमा राष्ट्रिय टोलीका खेलाडीहरु सहभागि हुन्छन् भन्ने तथ्य लुकाएर लुक्दैन । अर्को तर्फ ४८ घण्टा आरामपछि खेलमा सहभागिता जनाउनुपर्ने फिफाको नियमलाई समेत खेलाडी आफैले नमान्दा इन्जुरीसंग जुध्दैछन् । आफ्नो फिटनेस र स्तरियता बुझ्न नसक्दा खेलाडीहरु इन्जुरीको सिकार भइरहेको तथ्य हो । स्तरिय सुविधा खोज्ने खेलाडीले आफ्नै स्तरियता कायम गर्ने कहिले ?

होटल प्रकरणलाई ‘फेस सेभिङ’को रुपमा देखाएर खेलाडीहरु अल्मुताइरीको बहिर्गमन चाहिरहेका छन् । अन्यलाई होस्टलमा राखेर मोफसलबाट आएका खेलाडीहरुलाई होटल भिभान्तामा राखिएकोमा अप्रत्यक्ष असन्तुष्टी समेत हुन सक्छ, खेलाडीको विद्रोह । खेलाडीहरुको विद्रोह समयमा नै समाधान नगरे कर्माछिरिङ एन्ड टिम चाँडै थापाराजको पथमा जान सक्ने सम्भावना त छर्दैछ । नेपाली फुटबल समेत पाकिस्तानको जस्तै प्रतिबन्ध नभोग्ला भन्न सकिन्न् । पछिल्लो समय अल्मुताइरी आफुलाई हिटलर घोषणा गराउन खोज्दैछन् । 

(खेल पत्रकार नमिन ढकालकोको यो नीजि विचार हो ।)

Loading ad...
LiNing Ad
#अल्मुताइरी हिटलर अवतार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित