काठमाडौं । तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई दिलिप स्मृति प्रतिष्ठानले बुधबार सम्मान गरेको छ ।
तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो ।
खत्री प्रतिष्ठानका अध्यक्षका साथै प्रमुख प्रशिक्षक पनि हुन् । खत्रीका श्रीमति लक्ष्मी, छोरा दीपेन्द्र र छोरी दिलिता पनि तेक्वान्दो खेलाडी हुन् ।
सोही अवसरमा प्रतिष्ठानका खेलाडी रोशन केसीलाई वर्ष २०७८ को उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरियो । वर्ष २०७८ मा भएका विभिन्न प्रतियोगितामा रोशनले ४ स्वर्ण जितेका थिए ।
काभ्रेमा भएको पाँचौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा सहयोग गरेवापत जुडोका चन्द्र डंगोल, समाजसेवी जितेन्द्र खड्गी, पूर्व तेक्वान्दो खेलाडी सन्तोष भण्डारी र पूर्व क्योकुसिन कराते खेलाडी मदन थापा मगरलाई पनि सम्मान गरिएको थियो ।