काठमाडौं । स्ट्रिट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा हुने पक्का भएको छ ।
नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाको मुख्य आयोजनामा स्ट्रिट वर्कआउट च्यालेन्ज हुने भएको हो ।
प्रतियोगिता काठमाण्डौको सानो गौचरनको फुटबल मैदानमा बैशाख ३ गते हुनेछ ।
स्ट्रिट वर्कआउट (खुल्लाव्ययाम) को प्रवर्धन गर्ने उदेश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा प्रतिष्पर्धा हुनेछ । विधामा पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू-१६ गरि चार समूहमा खेल हुनेछ ।
प्रतियोगितामा देशभरबाट ३ सय ५० देखि ४ सय खेलाडीको सहभागिता हुने र फाइनलमा २ सय खेलाडी छनोट गर्दै प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ ।
बर वर्कआउट र सर्किट वर्कआउट विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडी 'फिटेस्ट एथेलिट' को विजयी हुने छन् । 'फिटेस्ट एथेलिट' को उपाधि जित्ने खेलाडीले ५१ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू-१६ का प्रत्यक समूह विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको अनुमानित खर्च १८ लाख रहेको आयोजकले जनाएको छ ।