काठमाडौं । महेन्द्र मैनालीले इन्डियन एम्बेसडर आमन्त्रण गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार १२ ह्यान्डीक्याप खेल्दै ४१ स्टेबलफोर्ड स्कोरसहित उपाधि जितेका हुन् ।
गोकर्ण गल्फका अध्यक्ष सुरिद घिमिरे काउन्ट ब्याकको आधारमा उपविजेता बने ।
काश्मिरा शाह ३७ अंक जोडेर महिलातर्फको विजेता बनिन् ।
रेखा घिमिरे उपविजेता बनिन् ।
१५ वर्षीय सद्भाव आचार्यले बेस्ट ग्रसको अवार्ड जिते ।
६० वर्ष माथिको सिनियरतर्फको उपाधि प्रदिप कुमार श्रेष्ठले जिते ।
विजय श्रेष्ठले मस्ट बर्डिज, पूर्ण बहादुर राईले क्लोजेस्ट टु द पिन र दावा शेर्पाले लगेस्ट ड्राइभको उपाधि जिते ।