पोखरा । पोखरामा बुधबार देखि २० औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।
पहिलो चरणको सोलो ओभरअलमा समान ३÷३ अंकसहित नेपाली सेनाका सागर जलारी र बिष्णु तिमिल्सिना अग्र स्थानमा रहेका छन् । महिलातर्फ ५० अंकका साथ दुर्गामाया गुरुङ अग्र स्थानमा रहेकी छन् । जलारी र तिमिल्सिना भन्दा एक अंकले पछि परेका बिशाल थापा ४ अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।
टेण्डम ओभरअलमा २ अंकका साथ शिव थापा पहिलो तथा ३ अंकका साथ सुवास थापा दोश्रो स्थानमा रहेका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा भएको प्रतियोगितामा ३७ जना टेण्डम र ३२ जना सोलो पाइलटको सहभागिता रहेकोे छ ।
एक्युरेसीतर्फ सोलो ल्याण्डिङ ओभरअल अन्तर्गत पुरुषतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार र महिलातर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने छन् ।
त्यसै गरी टिम एक्युरेसी सोलो ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया तथा एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैया प्राप्त गर्ने भएको छ ।
त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने छन् । एयर शो तर्फ प्रथम, द्धितिय र तृतिय हुने खेलाडीले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने नाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई सहासिक खेल गतिविधिले पर्यटन पुनरुत्थानमा सघाउ पुग्ने बताए ।