मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्दीप र चिरञ्जीवी फाइनलमा

सोमबार, २१ चैत्र २०७८खेलपाटी संवाददाता
सन्दीप र चिरञ्जीवी फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् ।

सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे । यसैगरी चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे ।

पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्ट र कञ्चनपुरका रामबहादुर थापाले उपाधि भिडन्त पक्का गरे । रञ्जनले बाजुराका निर्मल सुवेदी र रामबहादुरले कैलालीका पाण्डव बडुलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषकै ६३ केजी तौल समूहमा बाजुराका नेत्रकुमार तिरुवाले अछामका जगदिश विक र कञ्चनपुरका महेन्द्रकुमार चन्दले कैलालीका कैलाश बोगटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषको ६९ केजीमा कैलालीका भरत चन्दले तपेन्द्र विकलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । यस्तै ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसी र कैलालीका बालाजी रावल फाइनलमा पुगे । भूपेन्द्रले कञ्चनपुरका मिलन लोहार र बालाजीले बाजुराका प्रकाश विकलाई पाखा लगाए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टी र कैलालीकी ज्योति चौधरीले उपाधि भिडन्त पकका गरे । सोनियाले अछामकी रमिला सिंह र ज्योतिले बाजुराकी सुमित्रा रावललाई पराजित गरिन् । महिलाकै ५७ केजी तौल समूहमा कञ्चनपुरकी प्रतिमा शाहीले बाजुराकी प्रमिला विष्ट र कैलालीकी सञ्जिता चौधरीले अछामकी हरिना कार्कीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा दाङका सुरज ओलीले सेमिफाइनलमा स्थान बनाए । उनले प्यूठानका लक्ष्मण बुढामगरलाई पराजित गरे । पुरुषकै ५७ केजीमा दाङका भरत पुनमगर र रोल्पाका निशम घर्तीमगरले सेमिफाइनलमा स्थान बनाए । भरतले पूर्वी रुकुमका तिलवीर पुनमगर र निशमले प्यूठानका कुशल विकलाई पराजित गरे । पुरुष ६९ केजीमा दाङका विकास रानामगरले रुपन्देहीका सागर शाहीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

तीन दिने प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको सुदूरपश्चिम प्रदेशका प्रतियोगिता संयोजक दिनेश सिंहले जानकारी दिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

Loading ad...
LiNing Ad
सन्दीप र चिरञ्जीवी फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा