सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सुभाषलाई वेस्टर्न ओपनको उपाधि

शुक्रबार, १८ चैत्र २०७८खेलपाटी संवाददाता
सुभाषलाई वेस्टर्न ओपनको उपाधि
Classic Tech Internet Ad

पोखरा । एमेच्योर गल्फर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् ।

सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले उपाधि जितेका हुन् ।

सुभाषले पहिलो पटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।

हिमालयन गल्फ कोर्स, पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाषले करिअरको दोस्रो टुर इभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे ।

यसअघि उनले सन् २०१९ मा सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।

दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे ।

समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुर थापा, निरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।

स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोर जोडे । सातौं स्थानका संजय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार पाए ।

आठौं भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दशौं भए ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे। पहिलो दिन २ अन्डर ६६जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमाबर्डी लेखाए । ब्याक नाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।

जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौँमाडबल बोगी खेपेका उनले पाँचौ आठौंमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म चलेकोथियो ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो ।

इभेन्टको अन्तिम दिन २ अप्रिलशनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।
 

Bajaj Pulsar Motorcycle Ad
सुभाषलाई वेस्टर्न ओपनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य