काठमाडौं । थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ ।
अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा मगरले ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा १३ औं सागकी स्वर्णधारी मिनु गुरुङ, ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहेका छन् ।
टिम प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकमा आईबा वान स्टार रेफ्री÷जज धनकुमार मैनाली छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।