सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सुभाषको अग्रता कायमै

बिहिबार, १७ चैत्र २०७८खेलपाटी संवाददाता
सुभाषको अग्रता कायमै
Classic Tech Internet Ad

पोखरा ।  सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन एमेच्योर गल्फर सुभाष तामाङले अग्रता कायम राखेका छन् ‌।

हिमालयन गल्फ कोर्स  पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाए । उनले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले लगातार दोस्रो दिन इभन पार ६८ स्कोर बनाए ।

तेस्रो स्थानका धनबहादुर थापाले दोस्रो दिन १ ओभर ६९ स्कोर जोड्दै समग्रमा ४ ओभर १ सय ४० स्कोर जोडे । संजय लामा (६८) र निरज तामाङ (७०) समान ५ ओभर १ सय ४१ स्कोरसाथ संयुक्त चौथो स्थानमा छन् । भुवन नगरकोटी (७०) र स्थानिय एमेच्योर अजित विक ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन् ।

सुभाषले फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ स्कोर जोडे । उनले सुरुवाती दुइ होलमा बर्डी लेखाएपनि तेस्रो होलमा डबल बोगी खेपे । नवौं होलमा डबल बोगी खेपेका उनले दशौं, १३ औं र १७ औं होलमा बर्डी लेखाए । उनले १२ औं र १८ औं होलमा बोगी खेपेका थिए ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको छ ।   

प्रतियोगिताको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।

त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।

Bajaj Pulsar Motorcycle Ad
सुभाषको अग्रता कायमै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य