पोखरा । सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अोपनको पहिलो दिन बुधबार एमेच्योर खेलाडी सुभाष तामाङले अग्रता बनाएका छन् ।
हिमालयन गल्फ कोर्स पोखरामा १३ औं सागको दोहोरो स्वर्ण विजेता सुभाषले २ अन्डर ६६ स्कोरका साथ शीर्ष स्थान हासिल गरेका हुन् ।
दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ स्कोर बनाए ।
स्थानिय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ अोभर ६९ स्कोर साथ संयुक्त तेस्रो स्थानमा छन् ।
रामे मगर २ अोभर ७० स्कोरका साथ पाँचौ स्थानमा छन् ।
दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ अोभर ७१ स्कोरका साथ संयुक्त छैटौं तथा भुवन नगरकोटी र रवि खड्का ४ अोभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् ।
भुवनले सातौं होलमा होल इन वनप्रहार गरेपनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे ।
शीर्षस्थानका एमेच्योर सुभाषले तेस्रो, पाँचौं, छैटौं, १३ औं र १६ औं होलमा बर्डि प्रहार गरे । उनले नवौं होलमा डबल बोगी र १० औं होलमा बोगी खेपे ।
प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिल सम्म हुनेछ ।
५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।
इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।