काठमाडौं । नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।
पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे ।
यसैगरी पुरुषकै कास्कीका सौगात कुमालले स्वर्ण जिते । उनले स्याङ्जाका विपिन भण्डारीलाई फाइनलमा हराए । स्याङ्जाका शंकर खनाल र नवलपुरका अनिष तामाङ तेस्रो भए । पुरुष ६३ केजीमा पर्वतका निश्चल गुरुङ पहिलो, कास्कीका सागर परियार दोस्रो र नवलपुरका सुनील पुन एवं बाग्लुङका निर्तिक गाहमगर तेस्रो भए । ६९ केजीमा पर्वतका सुनील विकले स्वर्ण जिते । उनले फाइनलमा कास्कीका कुशल कुमाललाई पराजित गरे । नवलपुरका रामबहादुर गर्बुजा र स्याङ्जाका विवेक नेपाली तेस्रो भए ।
७५ केजीमा कास्कीका निशान गुरुङले मन गुरुङलाई पराजित गर्दै स्वर्ण जिते । ८१ केजीमा पर्वतका मनिष बिसी र ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक पहिलो भए । उनले कास्कीका आयुष थापालाई पाखा लगाए । यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठले पहिलो स्थान हात पारे ।