काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध लक्ष्य पछ्याई रहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले १२ ओभर ४ खेल्दै ७३ बनाउन ४ विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेट ३६ रनमा गुमायो । चार वर्षपछी अन्तराष्ट्रिय क्रिकेटमा कम्ब्याक गरेका ओपनर अनिल शाहले २१ बल खल्दै मात्र ६ रन बनाएर आउट भए । उनले १ चौका प्रहार गर्दा नोरमान भानुअको बलमा सेसे बाउको हातबाट क्याच भए ।
थप ९ रन बनाउँदा नेपालले अन्य २ विकेट गुमायो । राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी देव खनाल नोसाइना पोकानाको बलमा हिरी हिरीको हातबाट क्याच हुँदा डक आउट भए । उनले ६ बल खेल्दा खाता खोल्न सकेनन् । लगत्तै अर्को बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो । भानुअको बलमा बोल्ड हुनुअघि कुशलले २६ बलमा ६ चौका प्रहार गरेका थिए ।
चौथो विकेट नेपालले ७३ रन बनाउँदा गुमायो । दिपेन्द्र सिंह ऐरी १५ रन बनाउँदा अमिनीको बलमा जासन किलाको हातबाट क्याच भए ।
जारी खेलमा रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हाल्दै छन् । रोहित १० बनाएर मैदानमा खेल्दै छन् भने आरिफ नयाँ ब्याटर हुन् ।
खेलमा नेपालले २ सय ९३ को लक्ष्य पछ्याईरहेको छ ।