प्रविन र सोनम सेमिफाईनलमा
1647702037.jpg&w=3840&q=75)
काठमाडौं । अछामका प्रविन टमटा र अल्फाका सोनम पुन मगर राष्ट्रव्यापी स्कुल व्वाइज तथा गर्ल्स बक्सिङ प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोमा शनिबार भएको क्वाटरफाइनलमा पुरुषतर्फको ४३ केजी तौल समूहमा टमटाले जेसीएसका सुवास बस्नेतलाई अंकको आधारमा पराजित गर्दै सोनमसँगको भेट पक्का गरेका हुन् । सोनमले फाईट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीको आधारमा पराजित गरे ।
पुरुष ३५ केहि तौल समूहमा नक्सालका सक्षम लामाले अछामका सन्तोस भट्टलाई र मकवानपुरका अरुण सापकोटाले भक्तपुरका प्रत्यूस सुजखुलाई अंकको आधारमा पराजित गरी सेमिफाईनलमा स्थान बनाएका छन् ।
त्यस्तै ४० केहि तौल समूहमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवालाई पराजित गरेका छन् । त्यसै गरी पुरुष ४९ किलो तौल समूहमा कास्कीका आकास बोहराले दमकका रोसन विकलाई पराजित गरे भने पुरुष ५२ किलो तौल समूहमा भुपु बक्सिङ पोखराका समुन्द्र थापा मगरले मोरङका किर्तिक मास्केलाई अंकको आधारमा पराजित गरे । सोही तौल समूहमा बाँकेका योगराज खत्रीले अछामका विनोद नागारजीलाई अंकको आधारमा पराजित गरी सेमीफाईनलको यात्रा तय गरेका छन् ।

नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवं खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा जारी प्रतियोगितामा देशभरीका २५ वटा जिल्ला, क्लब तथा स्कूलहरुका १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
यस्तै थाइल्याण्डको फुकेटमा आयोजना हुने थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ प्रतियोगिताको खुल्ला छनौट खेल अन्तर्गत मिनिमम वैट ४८ किलो तौल समूहमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राईलाई युनानिमस डिसिजन ५-० को आधारमा पराजित गरे । सोहि तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङलाई आरएससीको आधारमा पराजित गरका थिए ।
कार्यक्रमको उदघाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले आईबा रेफ्री रामचन्द्र थापा मगरलाई ग्लोभ्स हस्तान्तरण गरी गरेका थिए ।






-1754312729.jpeg&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


