काठमाडौं । कृष्ण पुनले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेको छ ।
गोकर्ण गल्फ क्लबमा शनिबार बाबु पौडेललाई पछि पार्दै कृष्णले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा कृष्णले ४३ स्टेबलफोर्ड अंक जोडे । दोस्रो भएका बाबुले ४२ अंक जोडे ।
यस्तै टासी दोङले बेस्ट ग्रसको उपाधि जिते ।
मेजर नरेन्द्र रावलले ६० वर्षमाथिको सिनियरतर्फको उपाधि जिते ।
महिलातर्फको उपाधि प्रतिभा राईले जितिन् ।
हुन्डाई कारतर्फको उपाधि श्याम सिम्खडाले जिते ।
क्लोजेस्ट टु द पिनको उपाधि वाङछेन डोन्डुप, दावा शेर्पाले लगेस्ट टु ड्राइभ र कप्तान नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते ।
हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको प्रतियोगितामा १ सय ५५ गल्फरहरुले सहभागिता जनाएका थिए ।