काठमाडौं । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले शुक्रबार विज्ञप्ति निकाल्दै चैत ५ देखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ४८ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५,५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ३५,४०,४३,४६,४९,५२,५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्णधारीत्रय भूपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने छ ।