पोखरा । अन्तर बटालियन भूतपूर्व भलिबल च्याम्पियनसिप–२०२२ को उपाधि फस्ट फिप्थ गोर्खा राइफल्स (जिआर)ले जितेको छ ।
भारतको ७५ औं आजादिको अमृत महोत्सवका अवसरमा भारतीय पेन्सन वितरण शाखा पोखराद्धारा आयोजित प्रतियोगितामा बुधबार भएको फाइनल खेलमा २÷४ गोर्खा (राइफल्स) जिआरलाई २५–९,२८–२६ र २५–२१ को सेटमा हराउँदै फस्ट फिप्थ जिआरले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले नगद २५ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता २÷४ जिआरले नगद १५ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो ।
विजेता टिमलाई भारतीय पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठी, नेपाल एसविआई बैंक लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज शुशिलचन्द्र महत र नेपाल एभेरेष्ट बैंकका चन्द्रबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १८ गोर्खा राइफल (जिआर) टिमको सहभागिता रहेको थियो ।