काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत महिला भलिबलमा रामेछाप र चितवन बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४ र २५–२० तथा चितवनले दोलखालाई २५–१२, २५–९ र २५–८ को सेटमा पराजित गरे । पुरुषमा चितवन र सिन्धुली उपाधिका लागि भिड्ने भएका छन् ।
पुरुष फुटबलमा धादिङ र मकवानपुर सेमिफाइनलमा पुगे । धादिङले काभ्रेपलान्चोकलाई १–० गोलले पराजित गर्यो । विपिन कँडेलले निर्णायक गोल गरे ।
मकवानपुरले सिन्धुलीलाई ३–० गोलले हरायो । ललित चौलागाईं, सुनिल घलान र समिरराज ठोकरले गोल गरे ।
पुरुष टी– २० क्रिकेटमा नुवाकोट र धादिङले विजयी सुरुआत गरेका छन् । १२ टिम सहभागी क्रिकेट नकआउट आधारमा सञ्चालन भइरहेको छ ।