सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

रबिनलाई आङ्ग छिरिङ शेर्पा स्मृति गल्फको उपाधि

शनिबार, २८ फाल्गुण २०७८खेलपाटी संवाददाता
रबिनलाई आङ्ग छिरिङ शेर्पा स्मृति गल्फको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । रबिन फुयालले स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

पहिलो दिन अग्रस्थानमा रहेका फुयाल ४३ स्टेबलफोर्ड प्वाईन्टका साथ पहिलो भएका हुन ।  फुयालले उपाधिसँगै एल्टिट्युड एअरको हेलिकप्टर राइड र यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन् ।

त्यसैगरी साम डबलर्डले प्रतियोगितामा ३३ ग्रस प्वाईन्ट बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर हिमालय एअरलाइन्समार्फत् दुईजनालाई दुबईको फ्रि टिकटका साथै मोक्ष मुस्ताङ्गमा बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने मौका पाएका छन् । साथै विजेताले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उप–बिजेताको उपाधि ४२ प्वाइन्टका साथ निष्कर्ष बहादुर घलले हात पारेका छन् । उपाधिसँगै विजेताले ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा पाएका छन् । यसका साथै गुण एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौं निःशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

त्यस्तै बेस्ट ग्रस रनरअपको उपाधि ३२ प्वाइन्टका साथ मिथुन राईले प्राप्त गरे । उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–पोखरा–काठमाडौंको हवाई टिकट सहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् । 

महिलातर्फको उपाधि ३४ प्वाईन्टका साथ गिता गुरुङ्गले जितेकी छिन् । उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाङ्ग्रीमा २ जनाका लागि बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन्भने महिलातर्फ उपबिजेता ३१ प्वाइन्ट साथ प्रतिभा राई बनिन् । उनले पनि बे्रकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहित काठमाडौं–भरतपुर–काठमाडौंको निःशुल्क हवाई टिकट प्राप्त गरेकी छन् ।

सिनियर (६० वर्ष माथिका) विजेता ३६ प्वाइन्टका साथ गल्फर ब्रिगेडियर जनरल (रि.) दिलिप रायमाझी बने । उनले उपाधिसँगै दुईजनाको लागि गोकर्ण फरेस्ट रिसोर्टमा ६० मिनेटको मसाज, बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने अवसर प्राप्त गरेका छन् । 

जुनियर (१७ वर्षमुनिका)तर्फ १० प्वाइन्टका साथ १२ वर्षीय आईसटिना टण्डन बिजेता बनिन् । उपाधिसँगै बिजेताले यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भैरहवा–काठमाडौंको निःशुल्क हवाई टिकट र २ जनाका लागि बुद्धमाया गार्डेन होटेल लुम्बिनीमा २ रात ३ दिन बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।

बेस्ट ग्रसका बिजेता स्याम डुब्लार्ड लङ्गेस्ट ड्राइभको पनि बिजेता बनेका बने । उनले यती एअरलाइन्सको तर्फबाट दुई जनालाई माउन्टेन फ्लाइटको निःशुल्क टिकट पाउनेछन् भने गोकर्ण फरेस्ट रिसोर्टको तर्फबाट ६० मिनेट मसाज सहित २ जनाले बार्बीक्यू ब्रन्चको अवसर प्राप्त गरेका छन् ।

४ बर्डी प्रहार गर्दै काउन्ट ब्याकमा मेजर जनरल महेश विक्रम कार्कीले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । उनले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौं पोखरा काठमाडौंकोे हवाई टिकट सहित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।

क्लोटेस्ट टु द पिन तर्फको उपाधि चार्ली गुरुङ्गले जिते । बिजेताले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंको हवाई टिकट सहित बोधी सुइट्स एण्ड बुटिक होटल एण्ड स्पामा ब्रेकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।

होल नम्बर १० मा राखिएको होल इन वान पुरस्कार किया सोनेट कार कसैले जित्न नसकेता पनि होल नम्बर १६ मा होल इन वान गरेबापत नेपाली सेनाका महासेनानी झलेन्द्र भट्टराईले विशेष पुरस्कार हात पारे । 

आङ्ग छिरिङ शेर्पाको तेस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स र तारा एअरले गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिताको आयोजना गरेको हो । दुईदिने प्रतियोगितामा १ सय ५२ जनाको सहभागिता रहेको छ ।

बिजेताहरुलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुहित र हिमालय एअरलाइन्सका प्रेसिडेन्ट शु एन होङले पुरस्कार वितरण गरे ।

प्रबन्ध निर्देशक चन्दा शेपाले सहभागीको रजिष्ट्रेशनबाट संकलित रकम ३ लाख ४ हजार महिला अधिकारको लागि कार्यरत संस्थाहरु वुमेन फर ह्युमन राइट्स र सी नेपाललाई दामासाही रुपमा हस्तान्तरण गरिन् ।  

Bajaj Pulsar Motorcycle Ad
रबिनलाई आङ्ग छिरिङ शेर्पा स्मृति गल्फको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य