काठमाडौं । नेपालमा आयोजना भएको १३ औं साग खेलकुदमा पदक विजेता बक्सिङ खेलाडीहरु सम्मानित भएका छन् ।
मार्शल आर्ट अर्गनाईजेन नेपालले शनिबार पदक विजेता बक्सिङ खेलाडीहरुलाई सम्मान गरेको हो ।
कीर्तिपुरमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बक्सिङ खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरे ।
कार्यक्रममा प्रशिक्षक उमेश कटुवाललाई ५० हजार तथा सागमा स्वर्ण विजेता मिना गुरुङ र भुपेन्द्र थापालाई ५/५ हजार नगद पुरस्कार प्रदान गरियो ।
यस्तै पदक पदक विजेता ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा तथा मुख्य प्रशिक्षक प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र टिम म्यानेजर प्रेम फौजु र प्रमिला राई सम्मानित भए ।
अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भभएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए । विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीको उपस्थिति रहेको थियो ।