काठमाडौं । जोर्डनको अम्मानमा जारी एएसबीसी एसियन युथ बक्सिङ च्याम्पियनशीपमा नेपालका छिरिङ वान्ग्दी शेर्पा पराजित भएका छन् ।
बिहीबार राती भएको ५४ केजी तौलसमूहको पहिलो चरणमा छिरिङ उज्बेकिस्तानका खेलाडी अब्दुभाली बुरीबोएभसँग पराजित भएका हुन् ।
यस अघिका एसियन जुनियर बक्सिङ च्याम्पियनशीपका कास्य पदक विजेता छिरिङ तेस्रो बाउटमा अब्दुभालीसँग पराजित हुन पुगे ।
प्रतियोगिता अन्तर्गत महिलाको ५३ केजीतर्फ नेपालकी स्वस्तिका तिरुवाले शुक्रबार भारतीय खेलाडी याकसिकाविरुद्ध क्वाटरफाइनलमा भिड्नेछिन् ।
पुरुषको ६० केजीतर्फ पहिलो चरणमा बाई पाएका इन्द्र बहादुर सुनारले मार्च ७ मा सेमिफाइनल प्रवेशका लागि कीर्गिस्तानका ओरोजबेकोभ अल्माजको सामना गर्नेछन् ।