काठमाडौं । जोर्डनको अम्मानमा जारी एएसबीसी एसियन युथ बक्सिङ च्याम्पियनशीप अन्तर्गत नेपालका इन्द्र बहादुर सुनारले पहिलो चरणमा बाई पाएका छन् ।
६० केजी तौल समूहको पहिलो चरणमा बाई पाएपछि इन्द्र क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल प्रवेशका लागि इन्द्रले मार्च ७ तारिखमा कीर्गिस्तानका ओरोजबेकोभ अल्माजको सामना गर्नेछन् ।
५४ केजी समूहमा भने छिरिङ वान्ग्दी शेर्पाले उज्बेकिस्तानका अब्दुभाली बुरीबोएभविरुद्ध खेल्ने भएका छन् ।
५४ केजी तौलसमूहको पहिलो चरणमा बिहीबार छिरिङले अब्दुभालीको सामना गर्नेछन् ।
महिलाको ५२ केजी तौलसमूहको क्वाटरफाइनलमा भने स्वस्तिका तिरुवाले भारतीय बक्सर याकसिकाविरुद्ध खेल्नेछिन् ।
स्वस्तिका र याकसिकाको खेल मार्च ४ तारिखमा हुनेछ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा दिपक महर्जन रहेका छन् ।
च्याम्पियनसिप फेब्रुअरी २८ देखि मार्च १५ सम्म आयोजना हुनेछ ।