काठमाडौं । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता जानकारी गराए ।
प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख र ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छन् ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई मेडल सहित नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार सहित पुरस्कृत गरिनेछ ।
प्रत्येक खेलका म्यान अफ द म्याचलाई एक हजार पाँच सय नगद पुरस्कार दिईनेछ ।
सदस्य सचिवले सुदूरपश्चिम प्रदेशको टीम बन्द प्रशिक्षणमा रहेको बताए ।