काठमाडौं । जोर्डनको अम्मानमा आयोजना हुने एसियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वान्ग्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने छन् ।
इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा दिपक महर्जन रहेका छन् ।
च्याम्पियनसिप फेब्रुअरी २८ देखि मार्च १५ सम्म आयोजना हुनेछ ।
नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र खेलकुद महाशाखा प्रमुख सहसचिव लक्ष्मी प्रसाद भट्टराई, बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले बिदाइ गरे ।