पोखरा । बागलुङको काठेखोला गाउँपालिकास्थित रेशमा भलिबल प्रशिक्षण भइरहेको छ ।
खेलकुद उपभोक्ता समिति काठेखोला–७ रेश र वडा कार्यालयको सहयोगमा माघ १८ देखि सुरु भएको १५ दिने भलिबल प्रक्षिणमा ४० जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक बुद्धि क्षेत्रीले जानकारी दिए ।
रेशस्थित नुन्थला खेल मैदानमा जारी प्रशिक्षणमा खेलाडीहरुलाई राष्ट्रिय भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ क्षेत्रीले प्रशिक्षण दिँदै आइरहेका छन् । उनले नेपालको राष्ट्रिय खेल भलिबलको पछिल्लो समयमा गाउँगाउँमा आकर्षक बढ्दै गएको बताए।
प्रशिक्षणमा खेलाडीहरुलाई भलिबल सम्बन्धि आधारभुत ज्ञानका बारेमा प्रशिक्षण दिइरहेको उनको भनाई छ । खेलाडीहरुमा भलिबल सम्बन्धि आधारभुत ज्ञान राम्रो भएमात्र गाउँ, जिल्ला, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरको खेल विकासमा सहयोग पुग्ने प्रशिक्षक बानियाँ क्षेत्रीले बताए ।
गाउँगाउँमा रहेका नव प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले १५ दिने प्रशिक्षणको आयोजना गरिएको संयोजक बुद्धि क्षेत्रीले बताए । सरकारले २०७४ जेठ ८ मा भलिबल खेललाई राष्ट्रिय भलिबल खेलको मान्यता दिएको थियो ।