काठमाडौं । वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा रहेका भारतका ४ खेलाडीसहित ७ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ ।
वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा हुने सिरिज अघि भारतका ७ जनामा कोभिड-१९ को संक्रमण देखिएको हो ।
शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई कोभिड-१९ को संक्रमण देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
आधा दर्जन खेलाडीमा कोभिड देखिएपछि भारतीय टोली अहमदाबादमा क्वारेन्टिनमा बसेका छन् ।
भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ । यस्तै फेब्रुअरी १६ मा पहिलो टी-ट्वान्टी हुनेछ ।
बीसीसीआईले यस अघि नै रोहित शर्माको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरिसकेको छ ।