काठमाडौं । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि नेपालबाट केवल एक खेलाडीको अक्सन हुने भएको छ ।
बीसीसीआईले मंगलबार अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट केवल लेग स्पीनर सन्दीप लामिछाने परेका छन् ।
अक्सनबाट लामिछाने कुनै पनि टिमल भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ ।
नेपालबाट अक्सनका लागि जम्मा १५ खेलाडीले नाम दर्ता गराएका थिए ।
लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले नाम दर्ता गराएका थिए ।
फेब्रअरी १२ र १३ तारिखमा हुने अक्सनमा जम्मा ५ सय ९० खेलाडी रहनेछन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहने बीसीसीआईले जनाएको छ ।