काठमाडौं । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता स्थगित भएको छ ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म तालिका रहेको थियो ।
तर, कोभिड-१९ को कारण प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने नियम लगाएपछि प्रतियोगिता स्थगित गरिएको हो ।
सातदोबाटोस्थित खेलकुद परिसरको करातेहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने बताईएको थियो ।
ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिने तथा रकम पछि निर्धारण गरिने संघले जनाएको छ ।