बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ

खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ

२०२२ जनवरी १५, शनिबारनारायण क्षेत्री

खेलाडीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष लाथिफ

पोखरा । सेन्ट्रल एसिया भलिबल संघ (काभा) का अध्यक्ष मोहमद लाथिफले खेलाडीहरुलाई राज्यस्तरबाट साथ र सहयोग हुनुपर्ने बताएका छन् ।

नेपाल भलिबल संघ र टाइगर ग्रुप अफ पोखराको निमन्त्रणामा नेपाल आएका लाथिफले शनिबार पोखरामा आयोजित साक्षात्कारमा बोल्दै राज्यको साथ र पर्याप्त भौतिक पूर्वाधार भएमात्र खेलाडीहरुले राष्ट्रकालागि खेल्न सक्ने बताए ।

सरकारले भलिबल खेलाडीहरुका लागि मासिक तलबका साथै अन्य सुविधा प्रदान गर्न सके खेलाडीहरुको मनोवल बढने र उनिहरुले खेलमा अझ राम्रो प्रदर्शन गर्न सक्ने उनको भनाइ थियो ।

उनले नेपाल भलिबल संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । फरक प्रसंङ्गमा अध्यक्ष लाथिफले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताए । उनले पोखराको प्राकृतिक सुन्दरताको पनि खुलेर प्रशंसा गरे ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल नेपालको निकै लोकप्रिय खेल भएको बताउदै यसको अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले सेन्ट्रल एसिया भलिबल संघका अध्यक्ष लाथिफको नेपाल भ्रमणले नेपाली भलिबल खेलको विकासले अझ थप उचाइ लिनेमा पनि विश्वास व्यक्त गरे ।

महासचिव चन्दले नेपाली भलिबलको विकासका लागि सरकारी स्तरबाट कुनै पनि सहयोग नपाएको समेत गुनासो गरे ।  

त्यस्तै नेपाल भलिबल संघका सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले विषम परिस्थितिका बावजुत पनि प्रतियोगिता आयोजना गरिएको र त्यो सफल भएको बताए ।

उनले लाथिफको भ्रमणले समग्र नेपाली भलिबल खेलप्रेमीहरुलाई हर्षित तुल्याएको उल्लेख गरे ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफूहरु सदैव भलिबलको वृत्ति विकाशमा लाग्ने बताए । सो अवसरमा (काभा) का अध्यक्ष लाथिफले संघका सल्लाहकार नारायणप्रसाद शर्मालाई खेल सामग्री समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्य केशव पाठक लगायतको सहभागिता रहेको थियो । 

अध्यक्ष लाथिफ
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल