पोखरा । त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
फाइनल पुग्ने क्रममा आर्मीले पुलिसलाई २५-१५,२५-१८ र २५-१३ को सेटमा हराएको हो ।
अब आर्मीले उपाधिका लागि हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार नै साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै हेल्प नेपाल फाइनल पुगिसकेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।