काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन बिहीबार शुक्रबहादुर राईले आफ्नो अग्रता कायम राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार शुक्रले कुल ११ अन्डर २ सय ५ स्कोरसहित अग्रता कायम राखेका हुन् ।
शुक्रले भुवन नगरकोटीलाई ४ स्ट्रोकले पछि पारेका छन् । भुवनले कुल ७ अन्डर २ सय ९ स्कोर बनाएका छन् ।
रबि खड्का कुल ५ अन्डर २ सय ११ स्कोरसहित तेस्रो स्थानमा छन् ।
सुबाश तामाङ ४ अन्डर २ सय १२ स्कोरसहित चौंथो र रामे मगर इभन पार २ सय १६ स्कोरसहित पाँचौं स्थानमा रहेका छन् ।
प्रतियोगितामा ३४ प्रोफेसनल र ८ एमेच्योर गल्फरको सहभागिता रहेको छ ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।